Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार ३२ शनिबार १२:०४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गभर्नरलाई पदमुक्त गर्न तथा हतियार खरिदलाई निकासा भएको बजेट खारेज गर्न वाइसिएलको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार ३२ शनिबार १२:०४:००

नेकपा (माओवादी केन्द्र)को भ्रातृ संस्था योङ कम्युनिस्ट लिग (वाइसिएल)ले विभिन्न माग राख्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ। विभिन्न सातबुँदे माग राख्दै वाइसिएलले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गरी छानबिनको दायरामा ल्याउन तथा नेपाल प्रहरीका लागि हतियार खरिदका लागि निकासा भएको बजेट खारेज गर्न वाइसिएलले माग गरेको छ। सरकारी अधिकारीहरू नै अर्थतन्त्रबारे नकारात्मक अभिव्यक्ति दिएर परिस्थिति भड्काउने षड्यन्त्रमा लागेका र सरकारका कतिपय निर्णयले त्यस्ता अभिव्यक्तिको मलजल गरिरहेको उसको आरोप छ।

‘राज्यका उच्च निकायमा कार्यरत अधिकारीहरू नै ‘नेपाल श्रीलंका बन्न सक्न’ भन्ने खालका अत्यन्त नकारात्मक अभिव्यक्ति दिँदै देशमा निराशाको सञ्चार गरी परिस्थिति भड्काउने षड्यन्त्रमा छन् भने सरकारका तर्फबाट गरिएका कतिपय निर्णयले त्यस्ता अभिव्यक्तिको मलजल गरिरहेको छ। सरकारका यस्ता गतिविधि र निर्णय देशको हितको पक्षमा नभएकाले यसले दूरगामी रूपमा नकारात्मक प्रवृत्तिको बिजारोपण गर्छ,’ ध्यानाकर्षणपत्रमा उल्लेख छ।

विश्वले नै आर्थिक संकटको सामना गरिरहेको र नेपालमा विदेशी डलरको सञ्चिति घटिरहेको समयमा हतियार खरिद गर्नु उपयुक्त नहुने भन्दै ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘अर्थतन्त्रको जटिल परिस्थितिको सामना गरिरहेको परिस्थितिमा हतियार खरिदका निम्ति थप बजेटको व्यवस्था गर्नु राष्ट्रिय आवश्यकता र नागरक चाहना दुवै हुन सक्दैन।’

केपी ओली सरकारले संवैधानिक परिषद्लाई बुहमत/अल्पमतको थलोका रूपमा संकुचित गरी यससम्बन्धी व्यवस्थालाई अपव्याख्या गरेकाे तथा वर्तमान सरकारले समेत ओली सरकारकै पदचाप पछ्याएको भन्दै वाइसिएलले परिषद्सम्बन्धी विधेयक रोक्न माग गरेकाे छ। आफ्ना माग सम्बोधन नभए आन्दोलनमार्फत पूरा गर्न बाध्य हुने वाइसिएलको चेतावनी छ।