मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार १४ मंगलबार १०:३०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पूर्वभिआइपीको सुरक्षामा चार सय सुरक्षाकर्मी, करोडौैँ रकम खर्च

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार १४ मंगलबार १०:३०:००

पूर्वविशिष्ट पदाधिकारीको सुरक्षामा करोडौैँ खर्च हुँदै आएको छ । हाल पूर्वपदाधिकारीको व्यक्तिगत सुरक्षामा मात्र नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट करिब चार सयजना खटिएको गृह मन्त्रालयको तथ्यांक छ । सबैजसो पूर्वप्रधानमन्त्रीहरूकहाँ आवश्यकताभन्दा धेरै सुरक्षाकर्मी खटिएको गृहका अधिकारीहरू बताउँछन् ।

दुवै प्रहरीबाट गरेर पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा ४८, केपी ओलीकहाँ १६, माधव नेपालकहाँ १३ र लोकेन्द्रबहादुर चन्दको सुरक्षामा १० जना खटिएका छन् । त्यस्तै, झलनाथ खनाल र खिलराज रेग्मीको सुरक्षामा नौ–नौ तथा बाबुराम भट्टराईको सुरक्षामा आठ प्रहरी खटिएका छन् । सबैजसो पूर्वसभामुखले पनि सुरक्षाकर्मी राखेका छन् ।

पूर्वप्रधानन्यायाधीशहरूले पनि दुई–दुई सुरक्षाकर्मी लिएका छन् । पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई पिएसओसहित निवास सुरक्षाका लागि पनि प्रहरी खटाइएको छ । पूर्वगृहमन्त्रीहरूले अवकाशको दुई वर्षपछिसम्म मात्र सुरक्षाकर्मी पाउने र ६–६ महिनामा हुने सुरक्षा जोखिम मूल्यांकनका आधारमा हेरफेर गर्नुपर्ने प्रावधान छ ।

तर, एकपटक मन्त्रिपरिषद्बाट निर्णय गराएर लगेपछि जीवनभर उनीहरूलाई आफ्नो सहयोगी बनाएर राख्ने विकृति छ । दुई वर्षअघि लकडाउनको समयमा केही पूर्वगृहमन्त्रीले भने धेरै सुरक्षाकर्मी फिर्ता गरेका थिए ।