Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ बैशाख २९ बिहीबार ०८:०३:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

अंकका आधारमा सुष्मा पराजित

Read Time : < 1 मिनेट
२०७९ बैशाख २९ बिहीबार ०८:०३:००

 टर्कीको इस्तानबुलमा जारी आइवा महिला बक्सिङ च्याम्पियनसिपमा नेपाली खेलाडी सुष्मा तामाङ प्रतिस्पर्धात्मक खेलमा पराजित भएकी छिन् । ४६ देखि ४८ तौल समूहमा सुष्मा मंगोलियन खेलाडी लान्चिव योनसँग स्पिल्टी डिसिजनमा पराजित भएकी हुन् । 

सुष्माले आत्मविश्वासका साथ मंगोलियन खेलाडी लान्चिवविरुद्ध प्रतिस्पर्धा गरे पनि नतिजा आफ्नो पक्षमा पार्न सकिनन् । सुष्माले पहिलो राउन्डको तुलनामा दोस्रोे र तेस्रो राउन्डमा तुलनात्मक रूपमा कम पञ्च प्रहार गरेकी थिइन् । जसका कारण उनी मंगोलियन खेलाडीसँग ३–२ ले पराजित भइन् । दोस्रो राउन्डमा सुष्माले सुधार गरे पनि बायाँ गार्ड तल झरेका कारण मंगोलियन खेलाडीले त्यसको फाइदा उठाइन् । सुष्मा र लान्चिवबीच कडा पन्च प्रहार भएको थियो । तर, बलियो गार्ड बनाएर खेलेकी मंगोलिन खेलाडी लान्चिवको पक्षमा कुवेत र क्युवाका जजले निर्णय सुनाए । 

तेस्रो राउन्डमा सुष्माले अग्रता लिएकी थिइन् । ५० देखि ५२ किलो तौल समूहकी नेपालकी मिनु गुरुङले जापानकी आर किनोसितासँग खेल्नेछिन् । यस तौल समूहमा २८ देशका बक्सरको सहभागिता छ । ५४ देखि ५७ किलो तौल समूहमा चन्द्रकला थापाले बाई पाएर भारतीय खेलाडी मनिषाविरुद्ध खेल्नेछिन् । ५७ देखि ६० किलो तौल समूहमा नेपालकी पुनम रावलले प्रारम्भिक चरणमा बाई पाएकी छिन् ।  च्याम्पियनसिपमा ७३ राष्ट्रका तीन सय १० बक्सरको सहभागिता छ । च्याम्पियनसिपको विजेताले एक लाख डलर, उपविजेताले ५० हजार र तेस्रो स्थानकाले २५ हजार डलर पाउनेछन् ।