जम्मुकस्मिरमा खोप लगाउन आह्वान

आइतबार, २ माघ, २०७८
डिजिटल संस्करण

भारतको केन्द्र शासित जम्मुकस्मिर प्रशासनले कोभिड १९ को चुनौती सामना गर्न सरकार तयार रहेको भन्दै कोभिडका नियम पालना गर्न र खोप लगाउन नागरिकलाई आह्वान गरेको छ। 

जम्मुकस्मिर स्वास्थय सेवा विभागका निर्देशक डा. मुस्ताक अहमदले खोप लगाउन र स्वास्थ्य प्रोटोकल अपनाउन आह्वान गरेका छन्। भारतीय समाचार एजेन्सी एएनआईलाई दिएको अन्तर्वार्तामा अहमदले भने, ‘हामी यो महामारी सामना गर्न तयार छौँ। हरेक तहमा हाम्रो तयारी छ। अस्पतालमा वार्ड, अक्सिजन, औषधीको पूर्ण बन्दोबस्त छ। अहिले भिडभाडमा नगई अनुशासन कायम गरिदिनुस्, मेरो यत्ति आग्रह छ।’ 

जम्मुकस्मिरमा ओमिक्रोनसमेत देखिन थालेको भन्दै उनले खोप नलगाएकाहरूले तत्कालै खोप लगाउनुपर्ने पनि बताए। ‘बच्चाहरूले पनि खोप लगाउनु जरुरी छ, ६० वर्षभन्दा माथिकाहरूले र अग्रमोर्चामा खटिएकाहरूले खोप लगाउनु जरुरी छ। जति सक्दो चाँडो खोप लगाउनुहोस्,’ अहमदले भनेका छन्। सरकारले हरेक तहमा तयारी गरेकोसमेत उनको भनाइ छ। 

सुझावित समाचार