मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ भदौ १४ सोमबार
  • Monday, 14 July, 2025
एजेन्सी बेइजिङ
२o७८ भदौ १४ सोमबार १६:४७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

चीनमा ६ र सात वर्षका बालबालिकाको परीक्षा लिन नपाइने

Read Time : < 1 मिनेट
एजेन्सी बेइजिङ
नयाँ पत्रिका बेइजिङ
२o७८ भदौ १४ सोमबार १६:४७:oo

चीनले ६ र सात वर्षका छात्रछात्राको लिखित परीक्षा लिन नपाइने व्यवस्था गरेको छ। बालबालिकालाई शारीरिक र मानसिक क्षतिबाट बचाउन यस्तो निर्णय गरिएको यहाँको शिक्षा मन्त्रालयलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

‘परीक्षा विद्यालय शिक्षाको एक आवश्यक एक पाटो हो। तर, केही विद्यालयमा छात्रछात्रालाई अधिक बोझ पर्ने गरी धेरै परीक्षा लिइन्छ। यसलाई ठीक गर्न आवश्यक छ,’ मन्त्रालयले एक विज्ञप्तिमार्फत उल्लेख गरेको छ। मन्त्रालयले विद्यायलले लिने परीक्षाको संख्या घटाएर तहअनुसार लिन पाइने अधिकतम परीक्षाको संख्या पनि तोकिदिएको छ।

चीनमा प्राथमिक विद्यालयको पहिलो वर्षदेखि विश्वविद्यालय तहसम्म अनिवार्य परीक्षा दिनुपर्ने व्यवस्था छ। अत्यधिक प्रतिस्पधाको शिक्षा प्रणालीमा चीनको यो निर्णयले अभिभावक र विद्यार्थीमा पर्ने दबाब कम गर्न राहत दिने बताइएको छ।

नयाँ नियमले चीनको शिक्षा क्षेत्रमा विदेशी लगानीलाई समेत प्रतिबन्धित गरिदिएको छ।