मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ श्रावण ३१ आइतबार
  • Friday, 18 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण ३१ आइतबार १९:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राेजगारीका लागि अफगानिस्तान पठाउने म्यानपावरलाई विवरणसहित उपस्थित हुन विभागको निर्देशन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण ३१ आइतबार १९:१८:oo

वैदेशिक रोजगार विभागले अफगानिस्तानमा रोजगारीका लागि कामदार पठाउने म्यानपावर कम्पनीहरूलाई विवरणसहित उपस्थित हुन निर्देशन दिएको छ। अफगानिस्तानमा तालिवानले मुलुक कब्जा गर्दै गएपछि विभागले म्यानपावर कम्पनीहरूसँग छलफलका लागि बोलाएको हो।

विभागका सूचना अधिकारी महेन्द्रनाथ भट्टराईले रोजगारीका लागि गएका नेपालीको अवस्थाबारे जानकारी लिन सोमबार विभागमा सम्पूर्ण विवरणसहित उपस्थित हुन निर्देशन दिइएको जानकारी दिए। ‘हामीले रोजगारीका लागि अफगानिस्तान पठाउने म्यानपावरहरूलाई छलफलका लागि बोलाएका छौँ,’ उनले भने, ‘रोजगारीका लागि अफगानिस्तानमा रहेको नेपालीको अवस्थाबारे जानकारीका लागि उपलब्ध विवरणसहित उपस्थित हुन भनेका छौँ।’

सूचना अधिकारी भट्टराईका अनुसार अफगानिस्तानमा कति नेपाली रोजगारीका लागि छन् भन्ने यकिन तथ्यांक विभागसँग नरहेको जानकारी दिए। ०७६ साउन १ देखि ०७८ साउन २९ सम्म दुई हजार एक सय २२ जनालाई श्रम स्वीकृति दिइएको तथ्यांक विभागसँग छ। विभागले अफगानिस्तानका लागि दुई वर्षका लागि श्रम स्वीकृति दिने गरेको जनाएको छ।