Skip This
काठमाडौं महानगरले दियो कान्ति बाल अस्पताललाई पिसिआर मेसिन 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ कार्तिक १७ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७७ कार्तिक १७ सोमबार १३:१८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौं महानगरले दियो कान्ति बाल अस्पताललाई पिसिआर मेसिन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ कार्तिक १७ सोमबार १३:१८:oo

काठमाडौं महानगरपालिकाले कान्ति बाल अस्पताललाई एक थान पिसिआर मेसिन हस्तान्तरण गरेको छ । 

काठमाडौं महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापित चीनको नानजिङ सहरले दिएका दुईमध्ये एक थान पिसिआर मेसिन कान्ति बाल अस्पताललाई आज हस्तान्तरण गरेको हो ।

करिब रु. १६ लाख पर्ने सो मेसिन हस्तान्तरणपछि सम्बाेधन गर्दै नगरप्रमुख शाक्यले जति सक्दो छिटो मेसिन जडान गरी सेवा सुरु गर्न अस्पताललाई आग्रह गरे । 

भगिनी सम्बन्ध स्थापित भएका विभिन्न नगरहरूले महानगरलाई कोभिड– १९ रोकथाम र नियन्त्रणका लागि दिएका केही अत्यावश्यक स्वास्थ्य सामग्री चरणबद्ध रूपमा हामीले सरकारी अस्पतालहरूलाई हस्तान्तरण गर्दै आएका छौँ,’ शाक्यले भने, ‘सबै मिलेर सेवा दिनुपर्छ भन्ने मान्यताका साथ हामीले यस्ता अत्यावश्यक सामग्री बिरामीको बढी चाप रहेका अस्पतालहरूलाई हस्तान्तरण गर्दै आएका छौँ । यो तेस्रो चरणको हस्तान्तरण कार्यक्रम हो ।’ 

शाक्यले यस अघि पनि काठमाडौं महानगरपालिकाले थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा पिसिआर मेसिनसहितका अत्यावश्यक सामग्री हस्तान्तरण गरेको जानकारी दिए ।  

कार्यक्रममा बोल्दै कान्तिबालका निर्देशक डा. कृष्ण पौडेलले महामारीविरुद्धको लडाइँ लडिरहेका वेला महानगरले गरेको ठूलो सहयोग गरेको बताए । 

पौडेलका अनुसार अस्पतालले दैनिक २० देखि ३० जनासम्मको परीक्षणका लागि नमुना अन्य ल्याबमा पठाउँदै आएको थियो । ‘अहिलेसम्म कान्ति बालमा ३२ जना बालबालिकालाई कोरोना पजिटिभ देखिएको छ,’ उनले भने, ‘आजसम्मको तथ्यांक हेर्ने हे भने एकजना मात्रै कोरोना पजिटिभका बिरामी छन् । अहिलेसम्म दुईजनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।’ 

काठमाडौं महानगरपालिकाले गत साउन १९ मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र परोपकार प्रसूति तथा स्त्री रोग अस्पताललाई कोभिड– १९ परीक्षणका गर्ने मेसिनसहित अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो।

भगिनी सम्बन्ध स्थापित जनवादी गणतन्त्र चीनको तिब्बत स्वशाशित क्षेत्रमा रहेको ल्हासा नगरले महानगरपालिकालाई अनुदान स्वरूप दिएका सामग्रीमध्ये केही सामग्री ती दुई अस्पताललाई हस्तान्तरण गरेको थियो ।