काठमाडौं । शुक्रबार सञ्चारगृहमा प्रहरीको धरपकड घटनाले राजा ज्ञानेन्द्र कार्यकाललाई माथ खुवाउने भएको वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले टिप्पणी गरेका छन् । यो कदम गैरसंवैधानिक हुनुका साथै संंवैधानिक सर्वाेच्चता र विधिको शासनविपरीत र लोकतन्त्रकै धज्जी उडाउने प्रकृतिको भएको उनकाे भनाइ छ ।
यो रवैयाविरुद्ध प्रत्येक सचेत नागरिकले आवाज बुलन्द पार्न उनले आह्वान गरेका छन्।
उनले भनेका छन्, ‘राजा ज्ञानेन्द्र कार्यकाललाई माथ खुवाउने यो घटना निन्दनीय, गैरसंवैधानिक, संवैधानिक सर्वाेच्चता र विधिको शासनविपरीत र लोकतन्त्रकै धज्जी उडाउने प्रकृतिको छ । गिरफ्तार पत्रकारको रिहाइ मूल प्रश्न हुँदै होइन, यस्तो सरकार, प्रवृत्ति र रवैयाको विरुद्ध र लोकतन्त्रको रक्षाको लागि प्रत्येक सचेत नागरिकले आवाज बुल्न्द गरौँ । बाख्रो हरायो होइन, काल पल्कियो भन्ने चिन्ता प्रदान हो ।’
सरकारको निर्देशनमा शुक्रबार प्रहरीले नयाँ पत्रिकाको समाचारकक्षमै पसेर धरकपडको प्रयास गरेको थियो भने विश्वमणि सुवेदीलगायत केही पत्रकारलाई नियन्त्रणमा लिएर रिहा गरिएको थियो ।