प्रेस स्वतन्त्रतामा हस्तक्षेप गर्ने कार्यको रोकथाम होस् : ओमप्रकाश अर्याल

शनिबार, १४ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । पूर्वगृहमन्त्री तथा अधिवक्ता ओमप्रकाश अर्यालले लोकतान्त्रिक अधिकार, प्रेस स्वतन्त्रता एवं व्यावसायिक पत्रकारितामा हस्तक्षेप गर्ने कार्य रोक्न आह्वान गरेका छन्।

शुक्रबार प्रहरीले पत्रकारमाथि धरपकड गरेकाे घटनाको आलोचना गर्दै सञ्चारगृह एवं पत्रकारको व्यावसायिक पत्रकारिता गर्न पाउने स्वतन्त्रता कुण्ठित गर्न नपाउने अन्तर्राष्ट्रिय मान्यता रहेको उल्लेख गरेका छन्। 

उनले भनेका छन्– 

राज्य संयन्त्रहरू लोकतान्त्रिक विधि, प्रक्रिया, संस्कार र आचरणबाट विचलित हुनुहुँदैन । राज्य वा गैरराज्य पक्ष कसैले पनि सञ्चारगृह एवं पत्रकारको व्यावसायिक पत्रकारिता गर्न पाउने स्वतन्त्रता कुण्ठित गर्न नपाउने अन्तर्राष्ट्रिय मान्यता छ । सबैले मानव अधिकार तथा प्रेस स्वतन्त्रताको सम्मान गरौँ । लोकतान्त्रिक अधिकार,  प्रेस स्वतन्त्रता एवं व्यावसायिक पत्रकारितामा हस्तक्षेप गर्ने कार्यको रोकथाम होस् ।
 

सुझावित समाचार