काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकहरूलाई अनिवार्य रूपमा चाडपर्व खर्च उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई निर्देशन दिएको छ।
विभागका उपमहानिर्देशक विपिन राजभण्डारीले बिहीबार एक विज्ञप्ति जारी गर्दै श्रम ऐन, २०७४ को दफा ३७ को व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएका हुन्। उक्त दफामा प्रचलित धर्म, संस्कृति तथा परम्पराअनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले खाइपाई आएको एक महिनाको आधारभूत पारिश्रमिकबराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था छ।
कानुनले तोकेको उक्त सुविधा उपलब्ध नगराएमा सुविधा नपाउने श्रमिक वा कामदारले आफ्नो कार्यक्षेत्र पर्ने श्रम तथा रोजगार कार्यालय वा विभागमा उजुरी गर्न सक्ने सूचनामा उल्लेख छ।