काठमाडौं । नेपालको संविधानले नै प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको छ । संविधानको ठाडो बर्खिलाप हुने गरी शुक्रबार नेपालमा सञ्चारमाध्यम र पत्रकारमाथि धरपकड भयो । कुनै कानुनी आधारविना यसरी पत्रकार पक्राउ गर्न प्रहरी खटाइएको थियो।
समाचारको स्रोत खोज्ने उद्देश्यले तीन पत्रकारलाई नियन्त्रणमा लिएर छाडियो भने नयाँ पत्रिका दैनिकमा पत्रकार नवराज मैनालीलाई पक्राउ गर्न प्रहरीको जत्था खटाइयो ।
नयाँ पत्रिकाले केही दिनयता सर्वाेच्च अदालतका न्यायाधीश हरि प्रसाद फुयाल र बिचौलिया इनाम सापकोटाबिचको संवाद बाहिर ल्याएको थियो । त्यही समाचारपछि नयाँ पत्रिकामा प्रहरीको धरपकड भएको हो । पछि भोलि कार्यालयमा उपस्थित हुन भन्दै प्रहरी टोली फर्किएको थियो ।
समाचारकक्षमा करिब अढाई घण्टा प्रहरीले आतंक सिर्जना गरेको थियो।
भिडियोः