मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १३ मंगलबार
  • Tuesday, 29 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज १३ मंगलबार १५:५४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

असोज १७ देखि तीन दिन भीषण वर्षा हुने हल्लाप्रति मौसम विभागको ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज १३ मंगलबार १५:५४:oo

असोज १७ गतेदेखि तीन दिनसम्म भीषण वर्षा हुने भन्दै फैलिएको सूचनाप्रति मौसम पूर्वानुमान महाशाखाले ध्यानाकर्षण भएको जनाएको छ।

नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले असोज १७ गतेदेखि तीन दिन भीषण वर्षा हुनेसम्बन्धी कुनै पूर्वानुमान नगरेको स्पष्ट पारेको छ। हाल मौसमी गतिविधिमा पनि खासै फेरबदल नआइरहेको महाशाखाले जनाएको छ।

महाशाखाले यस्ता भ्रामक सूचनाको पछि नलाग्न तथा त्यस्ता खबर नफैलाउन सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, मौसमसम्बन्धी आधिकारिक जानकारीका लागि मौसम पूर्वानुमान महाशाखाको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालबाट नियमित रूपमा अद्यावधिक रहन अनुरोध गरेको छ।

मौसमसम्बन्धी थप जानकारीका लागि महाशाखाको फोन नम्बर ११५५ मा सम्पर्क गर्न सकिने विभागले जनाएको छ।

↑