महोत्तरीको गौशाला नगरपालिकाका पूर्वनगरप्रमुख शिवनाथ महतो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्। ०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएका महतोलाई मंगलबार रास्वपाका पार्टी सभापति रवि लामिछानेले पार्टीमा स्वागत गरेका हुन्।
पूर्वनगरप्रमुख महतोसँगै माओवादी केन्द्रका नेता रामबाबु चौधरी पनि रास्वपामा प्रवेश गरेका छन्। महोत्तरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रमोद महतोका काका रहेका शिवनाथ महतो यसअघि गौशाला नगरपालिकाको नगरप्रमुख थिए।