मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १३ मंगलबार
  • Tuesday, 29 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज १३ मंगलबार १५:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

५८ ग्राम खैरो हेरोइनसहित दुईजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज १३ मंगलबार १५:४४:oo

लागुऔषध नियन्त्रण ब्युरोले ५८ ग्राम खैरो हेरोइनसहित दुईजनालाई पक्राउ गरेको छ। ब्युरोबाट खटिएको प्रहरी टोलीले सोमबार ललितपुर महानगरपालिका– ४ र ५ स्थितबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा झापाको हल्दीबारी गाउँपालिका– ५ का ४७ वर्षीय सुरज दाहाल र सिराहाको सखुवानान्कारकट्टी गाउँपालिका– ५ का २२ वर्षीय कालिन्द्रप्रसाद यादव रहेका छन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट ५८ ग्राम खैरो हेरोइन, डिजिटल तराजु एक थान, नगद १० हजार रुपैयाँ र दुई थान मोबाइल बरामद भएको छ। पक्राउ परेका दुवैजनामाथि लागुऔषधसम्बन्धी थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

↑