मुगुकी एक गर्भवती महिलामा जटिल प्रसूति समस्या देखिएपछि थप उपचारका लागि हवाई उद्धार गरिएको छ।
महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालन गर्दै आएको गर्भवती तथा सुत्केरी महिला हवाई उद्धार कार्यक्रममार्फत सोरु गाउँपालिका– ५ निवासी ३१ वर्षीया महिलाको उद्धार गरिएको हो।
स्थानीय स्वास्थ्य संस्थामा आवश्यक उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि नेपाली सेनाको हवाई साधनमार्फत सुर्खेत लगिएको जनाइएको छ।
जटिल प्रसूति समस्या देखिएपछि समयमै विशेषज्ञ उपचार उपलब्ध गराउने उद्देश्यले हवाई उद्धार गरिएको बताइएको छ। उनलाई सुर्खेतस्थित स्वास्थ्य संस्थामा थप उपचारका लागि पठाइएको हो।