Skip This
बाढीमा पुरिएको घरबाट सुन, चाँदी र नगद फेला, घरधनीलाई हस्तान्तरण
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १२ सोमबार
  • Monday, 28 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज १२ सोमबार १६:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाढीमा पुरिएको घरबाट सुन, चाँदी र नगद फेला, घरधनीलाई हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज १२ सोमबार १६:o६:oo

बाढीमा पुरिएको घरबाट सशस्त्र प्रहरीको उद्धार टोलीले सुन, चाँदी तथा नगद फेला पारी सम्बन्धित घरधनीलाई हस्तान्तरण गरेको छ।

भदौ १० गते आएको बाढीपछि खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरी बल, नेपाल नं. १९ गुल्म हेडक्वार्टर, नुवाकोटको टोलीले विदुर नगरपालिका– १, त्रिशूलीबजारस्थित बाढीमा पुरिएको घरबाट धनमाल फेला पारेको हो।

सशस्त्र प्रहरीका अनुसार विदुर नगरपालिका– १ स्थित अनुज जोशीको घरबाट सुन, चाँदी तथा नगद रकम फेला परेको थियो।

बाढीपछि खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरी बल, नेपाल नं. १९ गुल्म, नुवाकोटबाट सशस्त्र प्रहरी निरीक्षक केदार खत्रीको कमान्डमा १० जनाको टोली उक्त स्थानमा खटिएको थियो।

टोलीले जोशीको घरमा १५ तोला सुन, ६ तोला चाँदी तथा अन्दाजी चार लाख रुपैयाँ नगद फेला पारेको थियो। फेला परेको नगद तथा गरगहना सम्बन्धित घरधनी अनुज जोशीलाई हस्तान्तरण गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।
बाढीका कारण घर तथा सम्पत्तिमा क्षति पुगेपछि सशस्त्र प्रहरीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ ।

↑