Skip This
लोकनाथ पौडेलको जीवनमा आधारित वृत्तचित्र सार्वजनिक
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १२ सोमबार
  • Monday, 28 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज १२ सोमबार १४:५१:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

लोकनाथ पौडेलको जीवनमा आधारित वृत्तचित्र सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज १२ सोमबार १४:५१:oo

चार दशकभन्दा बढी समय शिक्षण पेसामा समर्पित हुँदै सामाजिक, साहित्यिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएका लोकनाथ पौडेलको जीवनयात्रा वृत्तचित्रमार्फत सार्वजनिक भएको छ।

पौडेलको संघर्ष, समर्पण, पारिवारिक पृष्ठभूमि, उपलब्धि र समाजप्रतिको योगदानलाई समेटेर निर्माण गरिएको ‘प्रोफाइल डकुमेन्ट्री’ शनिबार साहित्य चौतारीको सवालमा सार्वजनिक गरिएको हो। विभिन्न विधामा आफूलाई स्थापित गरेका पौडेलले शिक्षा क्षेत्रमा मात्रै नभई सामाजिक तथा धार्मिक–सांस्कृतिक संरक्षण र प्रवर्द्धनमा समेत पुर्‍याएको योगदानलाई वृत्तचित्रमा प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ।

विशेषगरी शनिश्चरे उत्सवको स्थापनार्थ महत्त्वपूर्ण योगदान पुर्‍याएका पौडेलको धार्मिक तथा सांस्कृतिक क्षेत्रप्रतिको समर्पणलाई समेत वृत्तचित्रमा विशेष स्थान दिइएको छ। ‘प्रोफाइल डकुमेन्ट्री’मा पौडेलको बाल्यकालदेखि शिक्षण यात्रासम्म, सामाजिक योगदानदेखि धार्मिक तथा सांस्कृतिक अभियानसम्मका महत्त्वपूर्ण पाटाहरू समेटिएका छन्।

अर्जुनधारा, बिर्तामोड, सूर्योदय नगरपालिकालगायतका विभिन्न स्थानमा छायांकन गरिएको वृत्तचित्र करिब ३५ मिनेट लामो रहेको छ। दिपेन भेटवालको रचनात्मक प्रस्तुतिले डकुमेन्ट्रीलाई सशक्त बनाएको छ।

वृत्तचित्रको अवधारणा, लेखन, निर्देशन तथा स्वरांकन भेटवालले गरेका हुन्। छायांकनमा सन्तोष घिमिरे र विष्णु श्रेष्ठ, सम्पादनमा आशिष पौड्याल, संयोजनमा जितेन्द्र श्रेष्ठ तथा व्यवस्थापनमा सुमन अधिकारी छन्।

↑