मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज ६ मंगलबार
  • Saturday, 26 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज ६ मंगलबार १९:२१:oo
Read Time : < 1 मिनेट
समाचार

४० हजार घुससहित पक्राउ परेका इन्स्पेक्टर भ्रष्टाचार मुद्दामा दोषी ठहर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज ६ मंगलबार १९:२१:oo

४० हजार घुससहित पक्राउ परेका सशस्त्र प्रहरीका इन्स्पेक्टर भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। मंगलबार विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो। 

२० चैत २०८२ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई घुससहित पक्राउ गरेको थियो। 

 धनुषाको सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस नक्टाझिज, धनुषामा कार्यरत रहँदा अधिकारीले कमला–ढल्केवर–बागमती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारीसाधनहरू रोक्ने तथा फिल्डमा माटो/ग्राभेल झार्न नदिई विभिन्न बहाना बनाई दुःख हैरानी दिई घुस मागेको उजुरीका आधारमा आयोगको टोलीले उनलाई धनुषाको मिथिला नगरपालिका वडा नम्बर १० लालगढबाट पक्राउ गरेको थियो। 

२९ वैशाखमा मुद्दा दायर भएकोमा विशेषका न्यायाधीशहरू वासुदेव आचार्य, हेमन्त रावल र उमेश कोइरालाको इजलासले दोषी ठहर गरेको हो। 
 

↑