१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँदिल्ली
२o८१ बैशाख १८ मंगलबार o९:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

वायनाडबाट राहुल गान्धीको उम्मेदवारी दर्ता

Read Time : < 1 मिनेट
नयाँदिल्ली
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o९:५३:oo

भारतमा आगामी अप्रिल–मेमा हुने लोकसभा चुनावका लागि विपक्षी नेता राहुल गान्धीले दक्षिण राज्य केरलाको वायनाडबाट उम्मेदवारी दर्ता गराएका छन् । वायनाडमा उम्मेदवारी दर्ताका क्रममा उनका हजारौँ समर्थक अधिकृतको कार्यालय पुगेका थिए ।

भारतको चर्चित नेहरू–गान्धी परिवारका पछिल्लो सदस्य राहुलको कंग्रेस(आई) पार्टीले पछिल्ला दुई संसदीय चुनावमा अनपेक्षित खराब नतिजा भोगेको थियो । यसपटकको चुनावमा पनि कंग्रेस(आई)ले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा)लाई हराएर बहुमत ल्याउनु फलामको चिउरा चपाएसरह हुने विश्लेषण भइरहेको छ । 

बहिनी प्रियंका गान्धीसहित वायनाड पुगेका ५३ वर्षीय राहुल गान्धीले आफ्ना समर्थकलाई सम्बोधन गर्दै आफूले आमजनतालाई परिवारसरह मान्ने गरेको बताए । वायनाडबाट उनको यो दोस्रो उम्मेदवारी हो । उनी यसअघि सन् २०१९ मा पनि यही क्षेत्रबाट लोकसभा सांसदमा निर्वाचित भएका थिए ।

ad
ad