१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार o९:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

बझाङमा कांग्रेसको झिनो अग्रता, अब दुई पालिका गन्न बाँकी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o९:५२:oo

बझाङ प्रदेश सभा (१) को उपनिर्वाचनमा कांग्रेसले अग्रता कायम राखेको छ। अब दुई पालिका गन्न बाँकी रहँदा कांग्रेस झिनो मतका साथ अगाडि छ। पछिल्लो नतिजाअनुसार कांग्रेसका अभिषेक सिंह नाै हजार एक सय ६७ मतका साथ अग्रस्थानमा छन्।

निकटतम प्रतिस्पर्धी एमालेका दमन भण्डारीले नाै हजार ८४ मत पाएका छन्। उनीहरूबीचको मतान्तर ८३ छ। तेस्रो, स्थानमा रहेका माओवादीका जनक बुढाले तीन हजार पाँच सय ३६ मत ल्याएका छन् भने चौथो स्थानमा रहेका एकीकृत समाजवादीका दिलबहादुर सिंहले दुई हजार तीन सय ३५ मत पाएका छन।

हालसम्म जयपृथ्वी नगरपालिकासहित खप्तड छान्ना, छविस पाथीभेरा, सुर्मा, मस्टा गाउँपालिका तथा  थलारा-९ को मत गणना गरिसकिएको छ । सुर्मा गाउँपालिकाबाट अग्रता लिएको कांग्रेसले मष्टा गाउँपालिकामा पनि कायमै राखेको छ। अब तल्कोट गाउँपालिका र साईपाल गाउँपालिका मतगणना हुन बाँकी छ । दुवै पालिका एमालेले जितेको छ।

ad
ad