१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १५:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एपिएफ–एसएसबी समन्वय बैठक आगामी साता नयाँदिल्लीमा हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:१o:oo

सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) र सशस्त्र सीमा बल (एसएसबी)बीचको नियमित वार्षिक समन्वय बैठक आगामी साता बस्ने भएको छ। २० देखि २२ कात्तिकमा सातौँ बैठक नयाँदिल्लीमा तय भएको हो।

बैठकमा भाग लिन सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल नेतृत्वको टोली भारत जाँदै छ। भारतमा एसएसबी महानिर्देशक रश्मी शुक्लाले बैठकको नेतृत्व गर्नेछिन्। छैटाैँ समन्वय बैठक गत वर्ष नेपालमा भएको थियो।

सीमापार अपराध नियन्त्रण बैठकको मुख्य एजेन्डा हुने गरेको छ। बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिसमेत सहभागी हुनेछन्।

ad
ad