एक महिनाअघि पर्वतमा दम्पतीको हत्यामा संलग्न रहेकाे अभियाेगमा दुईजना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पर्वतको जलजलाका ३२ वर्षीय कृष्णबहादुर विश्वकर्मा र कुश्माका दीपक दर्जीलाई सोमबार पक्राउ गरेको हो।
गत १९ चैतमा पर्वतको जलजला गाउँपालिका– २, दहनिवासी ६९ वर्षीय सूर्यबहादुर घर्ती क्षेत्री र उनकी श्रीमती वर्ष ६३ की गमला घर्ती क्षेत्रीको हत्या भएको थियो। गहना तथा नगद लुटपाटका लागि उनीहरूको हत्या भएको प्रहरी अनुसन्धानको निष्कर्ष छ।
स्थानीय प्रहरीसँगको सहकार्यमा अनुसन्धान गरी हत्यामा संलग्नलाई पक्राउ गरिएको सिआइबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए।