मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o कार्तिक २० सोमबार
  • Wednesday, 02 September, 2026
२o८o कार्तिक २० सोमबार २१:१५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

प्रदूषण बढेपछि नयाँदिल्लीमा निजी सवारीसाधनमाथि रोक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक २० सोमबार २१:१५:oo

विषाक्त धुवाँबाट राजधानीवासीलाई केही राहत दिन नयाँदिल्लीमा एकसाताका लागि निजी सवारीसाधनको प्रयोगमाथि रोक लगाइने अधिकारीहरूले सोमबार घोषणा गरेका छन्। 

तीन करोड जनसंख्या रहेको दिल्लीलाई प्रत्येक वर्ष हिउँदयामको सुरुमा विषाक्त धुवाँले ढाक्दछ। छिमेकी कृषिप्रधान राज्यहरूमा किसानले पराल जलाएका कारण दिल्लीलाई धुवाँले ढाकेको हो। 

नयाँदिल्लीलाई संसारको सबैभन्दा धेरै प्रदूषित सहरमध्ये एक मानिन्छ। यहाँको वार्षिक धुवाँ प्रत्येक वर्ष हजारौँ मानिसको अकाल मृत्युको कारण बन्ने गर्छ।

अहिलेसम्म सरकारको नेतृत्वमा गरिएका प्रयासले वायु गुणस्तरको समस्यालाई सम्बोधन गर्न सकेको छैन। सन् २०१७ को एक अमेरिकी अध्ययनअनुसार भारतमा प्रत्येक वर्ष १० लाख मानिसको अकालमा मृत्यु हुने गरेको छ।

दिल्लीका पर्यावरणमन्त्री गोपाल रायले सडक–रासन योजना दीपावलीको एक दिनपछि आगामी सोमबार एकसाताका लागि ल्याइने जानकारी दिए। 

योजनाअन्तर्गत जोर र बिजोर नम्बर प्लेट भएका कारहरूलाई एकसाताका लागि वैकल्पिक दिनमा यात्रा गर्न अनुमति दिइनेछ। मन्त्री रायले भने, 'दीपावलीपछि प्रदूषण अझ बढ्न सक्ने भएकाले यस्तो निर्णय लिइएको हो।' उनका अनुसार नोभेम्बर २० पछिको स्थितिको समीक्षा गरिनेछ। 

आइक्युएयरका अनुसार सोमबार सबैभन्दा खतरनाक पिएम२।५ कणहरूको स्तर एक सय ८४ माइक्रोग्राम प्रतिघनमिटरसम्म पुगेको छ। विश्व स्वास्थ्य संगठनले सिफारिस गरेकोभन्दा यो करिब १२ गुणा धेरै हो। पिएम२।५ कण रक्त प्रवाहमा प्रवेश गर्न सक्ने अति सानो कण हो।

दिल्लीमा प्रदूषण बढेको भए पनि बंगलादेश र श्रीलंका दिउँसो विश्वकप प्रतियोगिताका लागि मैदानमा उत्रिएका छन्। राजधानीमा सवारी आवागमनमा रोक लगाइएको यो पहिलोपटक होइन। यसअघि सन् २०१६, २०१७ र २०१९ मा यस्तो रोक लगाइएको थियो।