Skip This
प्रदूषणले बन्द नयाँदिल्लीका स्कुल थप एक हप्ता नखुल्ने 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १९ आइतबार
  • Saturday, 27 July, 2024
२o८o कार्तिक १९ आइतबार १६:o९:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

प्रदूषणले बन्द नयाँदिल्लीका स्कुल थप एक हप्ता नखुल्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक १९ आइतबार १६:o९:oo

वायु प्रदूषणका कारण भारतको राजधानी नयाँदिल्लीमा अधिकारीहरूले आइतबार आपतकालीन स्कुलहरू एक साताका लागि बन्द गर्ने अवधि बढाएका छन्। महानगरको प्रदूषणको स्तरमा सुधारको कुनै संकेत नदेखिएपछि अधिकारीहरूले त्यस्तो निर्णय गरेका हुन्। 

छिमेकी कृषिप्रधान राज्यहरूमा किसानहरूले पराल जलाउने गरेकाले हरेक शरदयाममा दिल्लीलाई भीषण धुवाँले ढाक्ने गर्छ। नयाँदिल्लीलाई संसारको सबैभन्दा धेरै प्रदूषित सहरमध्ये एक मानिन्छ। यहाँको वार्षिक धुवाँ प्रत्येक वर्ष सयौँ–हजारौँ मानिसको अकाल मृत्युको कारण बन्ने गर्छ।

अनुगमन गर्ने संस्था आइक्युएयरका अनुसार तीन करोड जनसंख्या भएको भारतीय राजधानी आइतबार फेरि एकपटक विश्वको सबैभन्दा धेरै प्रदूषित सहरको स्थानमा छ। 

सोमबार नयाँदिल्लीमा श्रीलंका र बंगलादेशबीच विश्व कप क्रिकेट खेल हुँदै छ। तर, दुवै टिमले हालैका दिनमा धुवाँबाट हुने स्वास्थ्य जोखिमका कारण आफ्नो निर्धारित खेलपूर्वको प्रशिक्षण रद्द गरेका छन्। 

आगामी केही सातासम्म गम्भीर धुवाँको स्तर कायमै रहने आशंका गरिएको छ । आइक्युएयरका अनुसार आइतबार सबैभन्दा खतरनाक पिएम २.५ कणहरूको स्तर पाँच सय ७० माइक्रो प्रतिघनमिटरसम्म पुगेको छ। विश्व स्वास्थ्य संगठनले सिफारिस गरेकोभन्दा यो करिब ४० गुणा धेरै हो। पिएम २.५ कण रक्त प्रवाहमा प्रवेश गर्न सक्ने अति सानो कण हो।