१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ८ मंगलबार १८:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

स्वीकृति नलिएका एन्फाका १५ पदाधिकारी बेलायत जान नपाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १८:३२:oo

इंग्ल्यान्डमा हुने मैत्रीपूर्ण खेलको लागि नेपाली राष्ट्रिय फुटबल टिमको खेलाडी तथा अफिसियलको भिसा  नआएको विषयमा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवको उपस्थितिमा अखिल नेपाल फुटबल संघ एन्फाका महासचिवसँग छलफल गरेका छन्।

भिसा ढिलाइको विषयमा मन्त्री श्रेष्ठलाई जानकारी गराउँदै एन्फा महासचिव राईले आज रातिसम्म भिसा आउने बताए। भिसा लिनकै लागि भारतको दिल्ली पठाएको पनि महासचिव राईले जानकारी गराए।

एन्फाले मैत्रीपूर्ण खेलको लागि खेलाडी र अफिसियल गरी कुल ३० जनाको नाम राष्ट्रिय खेलकुद परिषदमा पठाएको र सोमबार स्वीकृति दिएको सदस्य सचिव टंकलाल घिसिङले मन्त्री श्रेष्ठलाई जानकारी गराए। यसबाहेक ५ जना एन्फा भिआइपी र १५ जना अन्य एन्फा पदाधिकारीको सहभागिताको स्वीकृतिको लागि परिषदमा पत्र नआएको पनि सदस्य सचिव घिसिङले स्पष्ट पारे।

यस विषयमा एन्फा महासचिव किरण राईले खेलाडी र टिमको मात्र स्वीकृति लिनुपर्ने भएकाले अरूको हकमा स्वीकृति नलिएको जिकिर गरे। उनले बाँकी २० जना आफ्नै खर्चमा जाने पनि बताए। एन्फाले उनीहरूको भिसाको लागि बेलायती राजदूतावासमा सिफारिस गरेको पनि बताए।

राष्ट्रिय खेलकुद ऐनअनुसार  खेलाडी पदाधिकारी सबैले स्वीकृति लिनुपर्ने व्यवस्था भएको सदस्य सचिव घिसिङले बताए। सोहीबमोजिम अन्य १५ पदाधिकारीहरू बेलायत जानको लागि राष्ट्रिय खेलकुद परिषदबाट स्वीकृति लिनुपर्ने निर्णय युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले गरेका छन्। स्वीकृति नलिएसम्म हालको लागि १५ पदाधिकारीहरू बेलायत जान पाउने छैनन्। 

युवा तथा खेलकुद मन्त्रालयले परिषद्को स्वीकृतिविना १५ एन्फा पदाधिकारीलाई बेलायत जान रोक लगाउन गृह मन्त्रालयलाई पनि पत्र पठाएको छ।

ad
ad