१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १४:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बझाङमा एकीकृत समाजवादीसहित आठको धराैटी जफत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १४:३९:oo

बझाङको  प्नदेश सभा (१) सदस्यका लागि सम्पन्न उपचुनावमा एकीकृत समाजवादीका उम्मेदवारसहित आठजनाको जमानत जफत भएको छ।

यो उपनिर्वाचनमा ११ राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा थिए। उनीहरूमध्ये एमाले निर्वाचित भएको छ भने कांग्रेस र माओवादी केन्द्रबाहेक अन्य सबै दलका उम्मेदवारको धरौटी जफत भएको छ।

मतदान गरेका ३० हजार तीन सय २८ जनामध्ये २९ हजार सात सय चार मत सदर भएको थियो। जसमा आठ उम्मेदवारले सदर मतको १० प्रतिशत नकटाएपछि जमानत जफत भएको हो।

एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले दुई हजार पाँच सय १४ मत मात्र पाए। यसैगरी, राप्रपाका किशोरकुमार खड्काले दुई सय ४२ मत ल्याउँदा अन्य उम्मेदवारले ५० मत पनि कटाएनन्।

ad
ad