१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १४:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सामाजिक न्यायसहित लोकतन्त्रकाे सुदृढीकरणमा लागेका छाैँ : राष्ट्रपति पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १४:५८:oo

राष्ट्रपति रामचन्द्र पौडेलसँग सोसल डेमोक्य्राटिक पार्टी अफ जर्मनी (एसपिडी) का पूर्वअध्यक्ष तथा तथा फ्रेडरिक एबर्ट स्टिफुटुङ (एफइएस) का अध्यक्ष डा. मार्टिन शुल्जले शिष्टाचार भेट गरेका छन्। 

राष्ट्रपति भवन शीतलनिवासमा बुधबार भएको सो भेटमा राष्ट्रपति पौडेलले नेपाल सामाजिक न्यायसहितको लोकतन्त्रलाई सुदृढ गर्न लागिरहेको र यसैको माध्यमबाट लोकतान्त्रिक समाजवादतर्फ अघि बढ्ने प्रयत्न भइरहेको बताए। 

उनले नयाँ–नयाँ प्रविधिको वर्तमान युगमा कसरी लोकतान्त्रिक समाजवादमार्फत नेपालजस्तो मुलुकमा जनताको जीवनस्तर माथि उठाउन सकिन्छ भन्ने सम्बन्धमा एफइएसजस्तो संस्थाले वैचारिक बहस चलाउनुपर्ने पनि औँल्याए। 

राष्ट्रपति पौडेलले नेपालीले लामो संघर्ष र बलिदानपछि आफ्नो संविधान आफैँ बनाएको र उक्त संविधानले समाजवादनजिक पुर्‍याएको बताउँदै त्यसैमार्फत लोकतन्त्रलाई अझ सुधार गरेर जनताको हितमा कसरी लगाउने भन्नेमा प्रयत्नशील रहेको स्पष्ट पारे। 

उनले नेपाल र एफइएसबीच यसबारेमा गहिरो छलफल र विमर्श आवश्यक रहेको बताउँदै यसमा आपसी सहयोगको खाँचो औँल्याएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।  

सो अवसरमा डा. शुल्जले नेपालको संविधान अत्यन्त प्रगतिशील र उदाहरणीय रहेको उल्लेख गरे ।नेपालमा लोकतन्त्र सुदृढीकरणको साक्षी बन्न एफइएस नेपालमा स्थापना भएको उल्लेख गर्दै उनले यसका लागि हरतरहका सहयोग रहने विश्वास व्यक्त गरे। 

ad
ad