१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ जेठ ५ शनिबार o८:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कञ्चनपुरकाे दोदानदीमा डुबेर दुई किशोरको मृत्यु, दुई घाइते

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o८:२५:oo

कञ्चनपुरस्थित दोदानदीमा डुबेर दुई किशोरको मृत्यु भएको छ । बेलौरी नगरपालिका– ४ शान्तिपुरका स्थानीय किशोर राजेन्द्र कुँवर र विजय कुँवरको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीले शनिबार दिउँसो पौडी खेल्न गएका चारजनामध्ये दुईको डुबेर मृत्यु भएको र बाँकी दुई घाइते भएको बताए । प्रवक्ता जोशीका अनुसार कुँवरद्वयको घटनास्थलमै मृत्यु भएको छ ।

यस्तै, सँगै गएका अर्का किशोर समीर सुवेदी, शिविर विष्टको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

ad
ad