१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार o६:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

तुवाँलोले छोप्यो काठमाडौं

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o६:oo:oo

डढेलो र धुलोका कारण काठमाडौं उपत्यकासहित मुख्य सहरको वायु प्रदूषण खराब स्थितिमा पुगेका वेला तुवाँलोले आकाश छोपेको छ । दिनभर टन्टलापुर घाम लागिरहेकामा बिहीबार र शुक्रबार काठमाडौंमा हल्का बादल लागेपछि तुवाँलो पनि बढेको हो ।

बादलका कारण वायुमण्डलको तल्लो तहमा धुलो, धुवाँका कण थिग्रिएपछि साँझपख तुवाँलो निकै बढेको हो । हावा पनि नचल्ने र पानी पनि नपरेका कारण पछिल्लोपटक धुलोधुवाँका कण मान्छेको उचाइको तहमा समेत रहने गरी बहिरहेको छ, जसकारण श्वासप्रश्वाससम्बन्धी बिरामी पनि बढेका छन् ।

पिएम २.५ माइक्रोनभन्दा मसिना धुलोधुवाँका कण, जुन सीधै नाकमुखबाट श्वासनलीमा गएर रगतमा समेत मिसिन्छ, त्यसको मात्रा काठमाडौंमा प्रतिघण्टा दुई सय माइक्रोग्राम प्रतिघनमिटर पुगिरहेको छ । जुन मानव स्वास्थ्यका लागि अस्वस्थकर हो ।

ad
ad