१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार २१:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

डिजेल र मट्टीतेलको भाउ घट्यो, हवाई इन्धन बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार २१:१८:oo

नेपाल आयल निगम लिमिटेडले मंगलबार रातिबाट लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको छ। 
त्यसैगरी, आन्तरिक हवाई इन्धन एक रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धन सात डलर प्रतिलिटरले वृद्धि गरेको छ।

मूल्य घटेपछि काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेल समान एक सय ५९ रुपैयाँ प्रतिलिटर कायम भएको छ। आन्तरिक हवाई इन्धन एक सय ३६ रुपैयाँ र बाह्य हवाई इन्धन १.०३५ डलर प्रतिलिटर पुगेको छ।

निगम प्रवक्ता मनोज ठाकुरका अनुसार मंगलबार दिउँसो इन्डियन आयल कर्पोरेसनबाट पेट्रोल ०.०२ रुपैयाँ र डिजेल २.४५ रुपैयाँ प्रतिलिटर घटेर आएकाले नेपाली बजारमा मूल्य समायोजन गरिएको हो। 

हवाई इन्धनको मूल्य भने प्रतिलिटर १.१८ रुपैयाँ प्रतिलिटर बढेर आएको प्रवक्ता ठाकुरले जानकारी दिए।
निगमले पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ।

ad
ad