१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ५ शनिबार १o:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गैरकानुनी सम्पत्ति आर्जनमा भन्सारका पूर्वसुब्बासहित दुईजनालाई सफाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १o:५८:oo

गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोग लागेका अवकाश प्राप्त नायब सुब्बासहित दुईजनाले सफाइ पाएका छन्। बिहीबार विशेष अदालतले एक वर्षअघि दायर मुद्दाका प्रतिवादीलाई सफाइ दिने फैसला गरेको हो। 

विशेषका सदस्यहरू तेजनारायणसिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले यस्तो फैसला गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार विभाग काठमाडौंमा कार्यरत नायब सुब्बा रघुनाथ घिमिरेमाथि मुद्दा दायर गरेको थियो।

नासु घिमिरेका साथै उनकी श्रीमती शारदा गौतमलाई पनि प्रतिवादी बनाइएको थियो। घिमिरेले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति गौतमका नाममा राखेको दाबी अख्तियारको थियो।

घिमिरेको वैध आय ५ करोड २५ लाख रुपैयाँभन्दा बढी रहेको तथा खर्च र सम्पत्ति ७ करोड ४० लाख रुपैयाँ हाराहारी रहेको दाबी अभियोगपत्रमा थियो। अवैध भनिएको आय दुई करोड १४ लाख रुपैयाँलाई बिगो कायम गर्दै मुद्दा दायर गरिएकोमा विशेषले सफाइ दिने फैसला गरेको हो।

नासु घिमिरेले २०५२ कात्तिकदेखि २०७९ पुससम्म सार्वजनिक सेवामा रहेका थिए। एयरपोर्ट भन्सार, राजस्व अनुसन्धान विभागलगायतका निकायमा उनले काम गरी गैरकानुनी आर्जन गरेको उजुरी अख्तियारमा परेको थियो।

ad
ad