१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १८:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सीधाकुरालाई अडियो दिने व्यक्तिलाई अदालतमा उपस्थित गराउन आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १८:१९:oo

अदालतको अवहेलना मुद्दामा सीधाकुरा अनलाइनलाई अडियो उपलब्ध गराउने व्यक्तिलाई उपस्थित गराउन सर्वोच्चले आदेश दिएको छ।

अडियोको स्रोत भनिएका ललितपुरको गोदावरी बस्ने राजकुमार तिमिल्सिनालाई बयानका लागि अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले भनेको हो।

न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र महेश शर्मा पौडेलको संयुक्त इजलासले तिमिल्सिनालाई बयानका लागि २३ गते बिहान १० बजे अदालतमा उपस्थित गराउन आदेश गरेको छ।

यसैगरी, सीधाकुरा अनलाइनका प्रकाशक युवराज कँडेलको बयान बिहीबार सम्पन्न भएको छ। आज अदालतमा उपस्थित भएका नवीन ढुंगानाको बयान नसकिएकाले हेर्दाहेर्दैमा राखी  २१ गते १० बजे उपस्थित गराउन भनिएको छ।

हेर्नुहाेस् आदेश :

ad
ad