१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
हदिश खुद्दार जनकपुरधाम
२o८१ जेठ ५ शनिबार o७:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालाकोे जग्गा म्याद थपिने

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o७:४७:oo

जनकपुरधामको निर्माणाधीन रामजानकी बहुउदेशीय अन्तर्राष्ट्रिय रंगशालाकोे जग्गा लिज पुनः थपिने भएको छ । मधेश प्रदेश सरकार र जनकपुरधाम उपमहानगरपालिकाले १४ रजौलस्थित रंगशालाको निर्माण कार्य अगाडि बढाउने प्रतिबद्धता जनाएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले रंगशालाको जग्गाको लिजलाई पुनः निरन्तरता दिने जनाएको छ । गत शुक्रबारको सदस्यसचिव स्तरीय निर्णयानुसार लिजलाई पुनः निरन्तरता दिइएको राखेपको कानुन शाखा प्रमुख नारायणराज अर्यालद्वारा जारी पत्रमा उल्लेख छ ।

निर्माणका लागि राखेपले गुठी संस्थानसँग ३ मंसिर ०७४ सालमा १६ विघा १७ कट्ठा १९ धुर जग्गा लिजमा लिएको थियो । खेल पुर्वाधार निर्माण गर्न बजेट व्यवस्थापन नगरेको तथा गुठी संस्थानलाई लिजवापत बुझाउनुपर्ने बहाल रकम पनि महँगो हुदै गएको भन्दै राखेपले गत ३ पुसमा गुठीसँगको लिजलाई निरन्तरता नदिने निर्णय गरेको थियो । 

राखेपको उक्त निर्णय सार्वजनिक भएपछि जनकपुरधामका मेयर मनोज कुमार साहसहितको टोली राखेपको कार्यालयमै पुगेर गुठीसँगको सम्झौतालाई निरन्तरता दिन आग्रह गरेका थिए । प्रदेश सरकार र उपमहानगरपालिकाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाम भ्रमणको क्रममा एक सय करोड भारतीय रुपैयाँ जनकपुरधामको पूर्वाधार विकास निर्माणमा प्रदान गर्ने घोषणा गरिएको थियो । उक्त रकम रंगशाला निर्माणमा खर्च गरिने भन्ने संयुक्त रूपमा सहमति जनाएको र रंगशालाको निर्माण कार्यका लागि प्रदेश सरकार र जनकपुरधामले बर्सेनि केही रकम खर्च गर्दै आएको छ । 

यस्तो अवस्थामा गुठीसँगको उक्त सम्झौता रद्द गर्दा व्यवहारिक नहुने भन्दै प्रदेश सरकार र उपमहानगरपालिकाले अनुरोध गरेपछि राखेप आफ्नो निर्णयबाट पछि हटेको छ ।

ad
ad