१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार o६:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

मोक्षदाको लगातार दोस्रो जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o६:५९:oo

मोक्षदा स्कुलले जयकुमार नाथ शाह स्मृति यू–१६ टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । शनिबार मूलपानी क्रिकेटको माथिल्लोमा मोक्षदाले लर्निङ इन्टरनेसनल स्कुललाई सात विकेटले पराजित गर्‍यो ।

जितसँगै समूह ‘डी’मा मोक्षदाले दुई खेलबाट चार अंक जोडेको छ । लगातार जितपछि मोक्षदाले अर्काे चरणको सम्भावना बलियो बनाएको छ । पराजित लर्निङको समान खेलबाट दुई अंक छ ।

सुरुवाती ब्याटिङ गर्दै लर्निङले १८.३ ओभरमा सबै विकेट गुमाएर ६८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । मोक्षदाले १२.२ ओभरमा तीन विकेट गुमाउँदै जित निकालेको हो । 

ad
ad