Skip This
‘बंगलादेशमा विपक्षीविना गरिने निर्वाचन अर्थहीन’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष २० शुक्रबार
  • Saturday, 27 July, 2024
२o८o पौष २० शुक्रबार १o:४५:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

‘बंगलादेशमा विपक्षीविना गरिने निर्वाचन अर्थहीन’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष २० शुक्रबार १o:४५:oo

बंगलादेशका निर्वासित विपक्षी नेता तारिक रहमानले उनको पार्टीको चुनाव बहिष्कारको बचाउ गरेका छन् । बंगलादेशमा आइतबार हुने निर्वाचन प्रधानमन्त्री शेख हसिनाको शासनलाई थप सबल बनाउने ‘ढोङ’ मात्र भएको रहमानले आरोप लगाए ।

सन् २००८ देखि लन्डन बस्दै आएका रहमानले इमेलमार्फत एएफपीलाई दिएको विशेष अन्तर्वार्तामा भनेका छन्, ‘बंगलादेश अर्को छद्म चुनावको नजिक पुगेको छ ।’ रहमानले सन् २०१८ मा बंगलादेशको प्रमुख विपक्षी दल ‘बंग्लोदेश नेसनल पार्टी (बिएनपी)’ की नेतृ (तथा उनकी आमा) खालिदा जियालाई जेलमा हालिएपछि सो दलको नेतृत्व गर्दै आएका छन् । 

६ वर्षअघि हसिनाका लागि आयोजित चुनावी र्‍यालीमा भएको घातक ग्रेनेड आक्रमणको मुख्य योजनाकारको अनुपस्थितिमा जियालाई दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाइएको थियो । बिएनपीले चुनाव घोषणा भएदेखि नै प्रधानमन्त्री हसिनाको राजीनामाको माग गर्दै एक महिना लामो विरोध प्रदर्शन गरेको थियो । त्यस क्रममा कम्तीमा ११ जनाको मृत्यु भएको थियो ।

हजारौँ समर्थक गिरफ्तार गरिएका थिए । सन् २०२१ मा बंगलादेशी सुरक्षा बलमाथि मानवअधिकार उल्लंघनको आरोपमा प्रतिबन्ध लगाएको संयुक्त राज्य अमेरिका र अन्य देशले पनि यस हप्ताको मतदानको सञ्चालनबारे चासो व्यक्त गरेका छन् ।

दुई राजनीतिक परिवारको टक्कर
रहमान र हसिनाको परिवारले सन् १९७१ देखि १२ वर्षबाहेक बंगलादेशलाई शासन गर्दै आएका छन् । हसिना बंगलोदेश स्वतन्त्रता संग्रामका नेतृत्वकर्ता शेख मुजिबुर रहमानकी छोरी हुन् । सन् १९८१ मा हसिनाका पिताका साथ सम्पूर्ण परिवार सदस्यको हत्या हुँदा घरमा नभएकीले हसिना मात्र बच्न सफल भएकी थिइन् । उता शेख मुजिबुरको हत्यापछि जियाका श्रीमान् तथा रहमानका पिता जियाउर रहमानले देशको बागडोर सम्हालेका थिए । जिया उनको श्रीमानको हत्यापछि सन् १९९० को दशकदेखि राजनीतिकमा आएकी हुन् ।