सन् १९२९ : अमेरिकाी सेयर बजार ‘वाल स्ट्रिट’मा इतिहासकै ठुलो गिरावट आउँदा विश्वभर महामन्दी सुरु भयो । त्यस दिन मंगलबार परेकाले यसलाई ‘कालो मंगलबार’ पनि भनिन्छ ।
इसापूर्व ५३९ : पर्सिया (इरान)का सम्राट् साइरस महान्ले बेबिलोन प्रवेश गरेसँगै बेबिलोनियन साम्राज्य अन्त्य भयो । उनले एक शाही आदेश जारी गर्दै दास बनाइएका सबै यहुदी मुक्त गरिदिए ।
सन् १९१८ : जर्मनीमा नाविकमाझबाट सुरु भएको क्रान्तिले अन्ततः केशर (राजा) विलियमलाई सत्ताच्युत गर्यो ।
सन् १९२३ : टर्की मित्रशक्तिको कब्जाबाट मुक्त गरिएसँगै स्वतन्त्र संग्रामको नेतृत्व गरेका मुस्तफा केमल अतातुर्कले देशलाई गणतन्त्र घोषणा गरे ।
सन् १९५६ : इजिप्टका प्रधानमन्त्री गमाल अब्देल नासेरले स्वेज नहरलाई राष्ट्रियकरण गरेको कदमविरुद्ध इजरायलले इजिप्टविरुद्ध आक्रमण सुरु गरेसँगै ‘स्वेज संकट’ सुरु भयो ।
सन् १९९८ : दक्षिण अफ्रिकाको ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’ले आफ्नो अन्तिम प्रतिवेदन सार्वजनिक गर्यो । प्रतिवेदनमा सन् १९६० र सन् १९९४ बिच रंगभेदी सरकार र स्वतन्त्रता संग्राम पक्षधर दुवैबाट मानव अधिकार हनन भएको उल्लेख ।
सन् २००४ : अलजजिरामा यसै दिन प्रसारित भएको ओसामा बिन लादेनको एक भिडियोमा उनले पहिलोपटक तीन वर्षअघि सेप्टेम्बर ११ मा अमेरिकामा गरिएको आक्रमणको जिम्मेवारी लिए ।
सन् २०१५ : चीनले ३५ वर्षपछि ‘एक बच्चा नीति’ परित्याग गर्दै जोडीहरूले दुईवटासम्म बच्चा पाउन सक्ने व्यवस्था गर्यो ।