मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ चैत ५ आइतबार
  • Friday, 28 August, 2026
२o७९ चैत ५ आइतबार १३:१८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

इक्वेडर भूकम्पमा १६ जनाको मृत्यु, चार सय घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत ५ आइतबार १३:१८:oo

शनिबार मध्याह्नतिर पेरू र इक्वेडरमा भएको शक्तिशाली भूकम्पमा परी १६ जनाले ज्यान गुमाएका छन्। यस्तै भूकम्पमा चार सयभन्दा बढी घाइते भएका छन्।

संयुक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षण विभागले दक्षिणी इक्वेडरमा गएको ६.८ म्याग्निच्युडको भूकम्प भएको जनाएको छ।

इक्वेडरको मचला र कुएन्का सहरका भवन भत्केका छन् भने भत्केका भवनका भग्नावशेषमा सवारीसाधन पुरिएका छन्।

केही सवारीसाधन कुच्चिएका छन्। कम्पबाट भयभीत बासिन्दा सडकमा दौडिएका थिए। एल ओरो प्रान्तमा ११ जनाको मृत्यु भएको जनाइएको छ। भवनको पर्खाल भत्केर कारमा खस्दा त्यसमा सवार एकजनाको घटनास्थलमा मृत्यु भएको छ। 

इक्वेडरको सिमानामा रहेको पेरूको टुम्बेस सहरमा चार वर्षीया बालिकाको टाउकोमा इँटा लागेर मृत्यु भएको त्यहाँका अधिकारीले बताएका छन्। 

भूकम्प प्रभावित स्थानमा कोलाहल मच्चिएको छ। भूकम्पको धक्का ग्वायाकिल, क्विटो, मनाबी र मान्तामा पनि महसुस गरिएको थियो।