मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण १६ मंगलबार ११:२३:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

मेसी पुनः फिफा वर्ष खेलाडी घोषित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण १६ मंगलबार ११:२३:००

अर्जेन्टिनी राष्ट्रिय टिमका कप्तान तथा फ्रान्सेली क्लब पिएसजी स्टार लियोनल मेसी पुनः एकपटक फिफा वर्ष खेलाडी घोषित भएका छन् । 

गएराति पेरिसमा भएको एक विशेष कार्यक्रमबीच मेसीलाई सन् २०२२ का लागि फिफा उत्कृष्ट वर्ष पुरुष खेलाडीको अवार्ड प्रदान गरियो ।

पिएसजीका समकक्षी केलियन एम्बाप्पे र रियल मेड्रिड स्टार करिम बेन्जिमालाई पछि पार्दै ३५ वर्षीय मेसीले उत्कृष्ट खेलाडीको अवार्ड हात पारे । 

अर्जेन्टिनालाई ३६ वर्षपछि फिफा विश्वकपको उपाधि दिलाएसँगै मेसीले फिफा वर्ष खेलाडीको अवार्ड जित्ने अनुमान गरिएको थियो । 

कतार विश्वकपका दौरान मेसी उत्कृष्ट फर्ममा थिए । उनले फाइनलमा दुईसहित समग्रमा सात गोल गरेका थिए । मेसी सो प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका थिए । 

फिफाले सन् २०२१ अगस्ट ७ देखि २०२२ जुलाई २७ सम्म देश तथा क्लबबाट खेलिएका खेलमा गरेको प्रदर्शनलाई आधार मानेर यो अवार्ड प्रदान गर्ने गरेको छ । मेसीले सो अवधिमा क्लब र देशका लागि ४९ खेलबाट २७ गोल गरेका थिए । 

फिफा सदस्य राष्ट्रका प्रशिक्षक, कप्तान, पत्रकार र समर्थकले दिएको मतका आधारमा उत्कृष्ट चयन गर्ने गरिएको छ ।