३ प्रश्न

सोमबार, २१ कार्तिक, २०७९
डिजिटल संस्करण

देशमा भ्रष्टाचार बढ्नुमा निर्वाचनमा उम्मेदवारहरूले गर्ने खर्च कति जिम्मेवार हुन्छ ?
निर्वाचनमा उम्मेदवारहरूले गर्ने खर्च अकल्पनीय रूपमा बढ्दै गएको कतिपय नेता या उम्मेदवारहरूका अभिव्यक्तिबाटै बुझ्न सकिन्छ । उम्मेदवारहरूले यसरी खर्च गर्ने रकम विभिन्न व्यक्ति, व्यापारी या संघ–संस्थाबाट चन्दा लिएरै गर्ने हुन् । कसैले कसैलाई घोषित रूपमै चन्दा दिन्छ भने त्यो स्वाभाविकै हो । अन्यत्र पनि यस्तो चलन देखिन्छ । तर, कसैले अघोषित रूपमा चन्दा दिन्छ भने भोलि उसले त्यसको ‘रिटर्न’ खोज्छ । यसले अवश्यै भ्रष्टाचार बढाउँछ । 

निर्वाचनमा हुने खर्चलाई पूर्णतः पारदर्शी  बनाउने कुनै विधि हुँदैन ? 
शतप्रतिशत पारदर्शी बनाउन त सम्भव हुँदैन । तर, हाम्रा जिम्मेवार निकाय साँच्चै जिम्मेवार बनिदिने हो भने यसलाई धेरै घटाउन भने सकिन्छ । 
निर्वाचनको प्रचार–प्रसारका क्रममा रक्सी, मासु र पैसाको खोलो बग्ने गरेको हामी सबैले देख्दै आएकै हौँ । तर, हामीले देखेका कुरा निर्वाचन आयोग र अख्तियारलगायत ‘एन्टिकरप्सन बडी’ले देख्दैनन् । अनि कसरी हुन्छ यस्तो खर्च पारदर्शी ? 

निर्वाचनमा हुने अनियन्त्रित खर्च कम गर्न कसरी सकिएला ?
निर्वाचनमा उम्मेदवारहरूले गर्ने खर्च हरेक निर्वाचनमा भयावह रूपमा बढ्दै गएको छ । मिडिया, संसद्, नागरिक समाज र स्वयं राजनीतिक दलहरूबाट यस विषयमा गम्भीरतापूर्वक ‘डिबेट’ हुन सकेन भने कुनै दिन गरिब, तर इमानदार मानिसले निर्वाचन लड्ने कल्पनासमेत गर्न नसक्ने हुन्छ । 

सुझावित समाचार