चिसोमा मुटुरोगकाे जोखिम कम गर्न के गर्ने ?

आइतबार, ६ कार्तिक, २०७९
डिजिटल संस्करण

जाडोयाममा दिन छोटो हुँदै जान्छ । घाम कम लाग्छ र अत्यधिक चिसो हुन्छ । चिसाले मुटुलाई शिथिल बनाउँछ । गर्मीको दाँजोमा जाडोयाममा शरीरलाई तातो बनाउन तथा रक्तसञ्चार गर्न मुटुले बढी काम गर्नुपर्छ । त्यहीकारण मुटुलाई भार बढी पर्छ । अर्को कुरा, जाडोमा शारीरिक गतिविधि कम हुन्छ । यो समयमा व्यायाम कम गर्ने, खानपान बढी हुने, शरीरको तौल कम हुने हुन्छ ।

जसले गर्दा मुटुलाई रक्तसञ्चार गर्ने नसाहरू पनि खुम्चने हुन्छ । नलीहरू खुम्चिएर ब्लक हुँदा मुटु र मस्तिष्क दुवैमा असर गर्न सक्छ । मुटुरोगको औषधि सेवन गरेर निको भइसकेका व्यक्तिले चिसो समयमा विशेष ध्यान दिनुपर्छ । त्यस्तै, औषधि नियमित सेवन गरिरहेकाहरूमा  पनि रोग पुनः बल्झने खतरा हुने भएकाले उनीहरू पनि सतर्क रहनुपर्छ । 

समस्या

  • उच्च रक्तचाप ।
  • मस्तिष्कघात हुने । 
  • श्वासप्रश्वाससम्बन्धी समस्या । 
  • उकालो जान, भर्याङ चढ्न समस्या । 
  • हृदयाघात हुन सक्ने । 
  • रक्तनली खुम्चने । 
  • शरीरको तौल बढ्ने । 
  •  हात–खुट्टा सुन्निने । 
  • मुटुको धड्कन बढ्ने । 

कस्ता कुरामा ध्यान दिने ?
- नियमित औषधि सेवन गरिरहेको छ भने निरन्तरता दिने । 
- रक्तचाप नियन्त्रण छ÷छैन, नियमित परीक्षण गर्ने । 
- कोलेस्ट्रोल, सुगरको जाँच गर्ने । 
- शरीरको तौल नियन्त्रण गर्ने । 
- चिसोमा मर्निङवाक नगर्ने, घाम लागेपछि मात्र न्यानो कपडा लगाएर व्यायाम गर्ने । 
- आलु, भात, गुलियोलगायतका कार्बोहाइड्रेटयुक्त खाना कम खाने । 
- चिसो खानेकुरा नखाने । 
- धूम्रपान, मद्यपान नगर्ने । 
- मुटुरोगीले माछा र सेतो मासु खाने, रातो मासु नखाने । 
- झोलिलो खानेकुरा खाने । सागपात, फलफूल प्रशस्त खाने । 
- न्यानो लुगा लगाउने ।
- खाना कम खाने । 
- मनतातो पानी पिउने । 

सुझावित समाचार