काठमाडौं । बालाजुमा ग्यालेक्सी फिटनेसको नयाँ सोरुम सञ्चालनमा आएको छ। सोमबार सोरुमको उद्घाटन नेपाली क्रिकेट टिमका क्रिकेटर कुशल भुर्तेलले गरेका हुन्।
सो अवसरमा क्रिकेटर भुर्तेललाई ग्यालेक्सी फिटनेसको ब्रान्ड एम्बासडर नियुक्त गरिएको छ। ब्रान्ड एम्बासडरसम्बन्धी सम्झौतामा भुर्तेल र ग्यालेक्सी फिटनेसका प्रबन्ध–निर्देशक दीपकप्रसाद अधिकारीबिच हस्ताक्षर भएको हो।
सोरुमको उद्घाटन गर्दै ब्रान्ड एम्बासडर भुर्तेलले ग्यालेक्सी फिटनेससँग जोडिन पाउनु खुसीको कुरा भएको बताए। ग्यालेक्सी फिटनेससँगको नयाँ सहकार्यले आफूलाई थप हौसला मिलेको पनि भुर्तेलको भनाइ छ ।
ग्यालेक्सी फिटनेसका प्रबन्ध–निर्देशक दीपकप्रसाद अधिकारीले पनि भुर्तेलजस्ता स्टार क्रिकेटरलाई ब्रान्ड एम्बासडरका रूपमा स्वागत गर्न पाउँदा आफूहरू उत्साहित भएको बताए। अधिकारीका अनुसार, सम्झौता एक वर्षका लागि भए पनि भुर्तेलसँग लामो समय सहकार्य हुनेछ।
कम्पनीका अनुसार ग्यालेक्सी फिटनेसले देशरभर शाखा विस्तार गरिरहेको छ। अधिकारीका अनुसार, ग्यालेक्सी फिटनेसको शाखा काठमाडौंको कलंकीमा दसैँपछि सञ्चालनमा आउँदै छ। कम्पनीका झापाको दमक, रुपन्देहीको बुटवल र बेलबास, कास्कीको पोखरा र चितवनको नारायणगढमा शाखा सञ्चालनमा छन्।