डेंगुका कारण थप एकजनाको मृत्यु भएको छ। हालसम्म डेंगुबाट ५२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।
गत साउनदेखि हालसम्म ४३ हजार छ सय ८५ जना सम्भावित डेंगुको बिरामी देखिएको मन्त्रालयको तथ्यांक छ। मुलुकका ७७ वटै जिल्लामा डेंगु फैलिएको मन्त्रालयले जनाएको छ।