४ मंसिरमा हुने संघ र प्रदेशको निर्वाचनका लागि देशभरबाट पाँच हजार नौ सय १७ जनाले उम्मेदवारी दिएका छन् । आयोगका अनुसार प्रतिनिधिसभातर्फ दुई हजार चार सय ९४ र प्रदेश सभातर्फ तीन हजार चार सय २३ को उम्मेदवारी दर्ता भएको छ ।
यो विवरण आइतबार राति ११ बजेसम्म प्राप्त भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगले उत्साहजनक तथा शान्तिपूर्ण रूपमा मनोनयन दर्ता भएको जनाएको छ ।
मनोनयनका लागि आइतबार बिहान १० बजेबाट साँझ ५ बजेसम्मको समय तोकिएको थियो । तर, ५ बजे निर्वाचन कार्यालयमा उपस्थित भएका उम्मेदवारको हकमा अबेरसम्म लगाएर पनि उम्मेदवारी दर्ता गरिएको थियो ।
यी हुन् प्रतिनिधिसभातर्फ प्रमुख दलका उम्मेदवार :


