कन्टेनर डिपो भत्कँदा नौजनाको मृत्यु

बुधबार, ५ असोज, २०७९
डिजिटल संस्करण
कन्टेनर डिपो भत्कँदा नौजनाको मृत्यु

तस्बिर : REUTERS

ब्राजिलको दक्षिणपूर्वी राज्य साओपाउलोको इटापेसेरियाका दा सेरा सहरमा ‘कन्टेनर डिपो’को एउटा भाग भत्कँदा नौजनाको मृत्यु भएको छ । अन्य २८ जना घाइते भएका छन् । 

मालसामान निर्यात गर्ने व्यवसायीलाई कन्टेनर बेच्ने र भाडामा उपलब्ध गराउने कम्पनीको कन्टेनर डिपो भत्किएर दुर्घटना भएको हो । दुर्घटनाका वेला करिब ६४ जना कर्मचारी कन्टेनरमा रहेकाे त्यहाँको वारुणयन्त्र विभागका प्रवक्ता लुसियाना सोरेसाले बताइन् । भग्नावशेषबाट  घाइतेहरूको उद्धार गरिएको उनले बताइन् । 

यही असोज १६ गते हुने स्थानीय उपप्रमुखका दुई स्थानमा हुने निर्वाचनमा भोट माग्न उम्मेदवारद्वय एली सान्तोस र जोन्स डोनिटजले प्रचार अभियानका क्रममा डिपोका कर्मचारीसँग परामर्श गरेका थिए । डिपोमा जम्मा भएका कामदारले उनीहरूलाई बिदाइ गरिरहँदा ढलानको संरचनाको भाग भत्केर दुर्घटना भएको सरकारी अधिकारीहरूले बताएका छन् ।
 

सुझावित समाचार