हेल्थ टिप्स
हाम्रो आँखामा एउटा प्राकृतिक लेन्स हुन्छ । यसमा दाग बस्यो, रङ परिवर्तन हुँदै गयो वा लेन्स नै कडा हुँदै गयो भने मोतीबिन्दु हुन्छ । मोतीबिन्दु कडा हुँदै गएपछि चस्माको पावरले पनि धान्दैन ।
जुनसुकै उमेरका मानिसमा मोतीबिन्दुको समस्या देखिन सक्छ । कसैमा जन्मजात, केहीमा वंशाणुगत तथा अन्य विभिन्न कारणले पनि यो समस्या देखिन सक्छ । अधिकांश मानिसमा बुढ्यौली हुँदै गएपछि यो समस्या देखिने गरेको छ ।
मुख्य कारण
- जन्मजात
- आँखाको समस्याका लागि गरिएको शल्यक्रियाका कारण
- बढ्दो उमेरका कारण
- आँखामा जथाभावी औषधिको प्रयोग
- सुगर तथा हाइपरटेन्सनजस्ता रोगका कारण
- वंशाणुगत कारण
- दुर्घटना वा विकिरणको कारण
समस्या
- दृष्टि धमिलो हुँदै जानु ।
- इन्द्रेणीजस्तो देखिनु ।
- आँखाको नानिभित्र सेतो, पहेँलो देखिनु ।
- हिँडडुल गर्न गाह्रो हुनु ।
- बत्तीको झिल्का भएजस्तो देखिनु ।
- कुनै समय आँखा बन्द भएर आएजस्तो हुनु ।
- आँखा नदेख्नु ।
उपचार विधि
- मोतीबिन्दु भइसकेपछिको सबैभन्दा प्रभावकारी उपचार सर्जरी नै हो । यो रोग औषधिले ठीक हुँदैन । सर्जरी गर्न नपर्ने अवस्थामा चस्माको प्रयोगबाट पनि धेरै हदसम्म सफा हेर्न मद्दत पुुग्छ । तर, पूर्ण सफा हेर्नका लागि सर्जरी नै गर्नुपर्ने हुन्छ ।
सुरक्षाका केही उपाय
- धुलो, धुँवाबाट बच्ने ।
- बाहिर निस्कँदा चस्मा लगाएर मात्र निस्कने ।
- सफा पानीले आँखा धुने ।
- कम्प्युटरमा बस्दा चस्माको प्रयोग गर्ने ।
- ३० सेकेन्ड नजिक हेरिरहेको छ भने त्यति नै समय अलि टाढा हेर्ने । एकोहोरो धेरै समय नहेर्ने ।
- आँखाको नियमित वा समय–समयमा परीक्षण गर्ने ।
- आँखाको सुरक्षा नगर्दा अाँखामा एलर्जी हुने, आँखाको नानीमा घाउ हुने, आँखामा मासु पलाउने लगायतको समस्या देखिन सक्छ ।