सिट बाँडफाँड टुंगो लाग्न किन ढिलाइ भइरहेको छ ?
सिट बाँडफाँडको विषयमा हामी छलफल गरिरहेका छौँ । गृहकार्य नपुगेकाले बुधबार बाँडफाँडको खाका प्रस्तुत हुन सकेन । भागबन्डाको आधार भन्दा पनि सिटको व्यवस्थापनसँगै एजेन्डा पनि जोडिएर आउने भएकाले त्यसलाई पनि सँगसँगै तयारी गर्नुपर्छ ।
बाँडफाँडको आधारचाहिँ केलाई बनाउँदै हुनुहुन्छ ?
सबैको धारणा ०७४ का प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन तथा ०७९ को स्थानीय निर्वाचनलाई पनि आधार बनाउने भन्ने छ । ०७४ को समानुपातिक परिणाम पनि आधारका रूपमा रहनेछ । आधार तय भएपछि सिट संख्या टुंगो लाग्छ । अहिलेसम्म दलहरूले संख्यामा दाबी गरेका छैनन् ।
कार्यदलमा सहमति नभएपछि शीर्ष तहमा छलफल हुन लागेको हो ?
शीर्ष नेताहरूसँग छलफल गरेरै अगाडि जानुपर्छ । कार्यदल शीर्ष तहको सहमतिमै बनेको हो । शीर्ष नेताहरूलाई जानकारी गराउनैपर्छ । संयोजकले शीर्ष तहमा छलफल गर्नुहुन्छ । अब बस्ने बैठकमा उहाँले खाका ल्याउनुहुनेछ ।