धादिङका निजामती कार्यालयका कर्मचारी आफ्नो सेवा–सुविधा बढाउनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका छन् । मंगलबार कामकाज ठप्प गरेर उनीहरूले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालसमक्ष आफ्ना माग बुझाए ।
प्रस्तावित संघीय निजामती सेवा ऐनमा राजपत्र अनंकित कर्मचारीहरूको तलब वृद्धि विकासमा रोक लगाउने प्रावधान राखिएको भन्दै उनीहरूले उक्त प्रावधान खारेजीको माग गरेका छन् । प्रतिशतका आधारमा तलबभत्ता वृद्धि हुँदा माथिल्लो तहका कर्मचारीको तुलनामा तल्लो तहको कर्मचारीको वृद्धि निकै कम हुने उनीहरूको गुनासो छ ।
मर्यादाक्रमअनुसारको तलब समायोजनको माग राखेर उनीहरूले प्रजिअमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । राजपत्र अनंकित कर्मचारीको मुद्दालाई सरकारले बेवास्ता गरेको उनीहरूको गुनासो छ । आन्दोलनको कार्यक्रमअनुसार बिदामा बसेर आन्दोलन गरेका उनीहरूले आफ्ना माग संघीय सरकारसमक्ष पुर्याइदिन प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालसँग अनुरोध गरेका हुन् ।
आन्दोलनरत कर्मचारीहरूसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारीले सेवा नरोक्न निर्देशन दिएका छन् । ‘धेरै टाढाबाट सेवाग्राही सेवा लिन आएका हुन्छन्,’ लम्सालले भने– ‘सेवा प्रभावित हुँदा उनीहरूलाई खान, बस्न, फर्कन समस्या पर्न सक्छ । सरकारी कर्मचारीप्रतिको विश्वास घट्न सक्छ । निम्न आयस्तर भएका सेवाग्राहीलाई मारमा पार्न हुन्न । तपाईंहरूको माग सरकारसमक्ष पुर्याउँछौँ । सेवा प्रभावित नगर्नुस् ।’
सेवा सुविधावृद्धिको माग गर्दै धादिङका कर्मचारी आन्दोलित
सुझावित समाचार
पत्रकार धरपकड गर्न प्रहरी कसले पठायो ?
हेडक्वार्टर भन्छ, ‘जानकारी छैन’, प्रधानमन्त्री सचिवालयको उम्किने वक्तव्य
आज माइतीघर मण्डलामा विरोध प्रदर्शन आह्वान
काठमाडाैं- नेपाल पत्रकार महासंघले पत्रकार पक्राउ र सञ्चारगृहमाथि धरपकड र न्युजरुममाथि प्रहरी हस्तक्षेपविरुद्ध शनिबार बिहान बृहत् …
संविधान, प्रेस स्वतन्त्रता र अन्तर्राष्ट्रिय कानुनहरूको उल्लंघन : महासंघ
काठमाडाैं- नेपाल पत्रकार महासंघले नयाँ पत्रिका, नेपालप्रेसको समाचार कक्षभित्रै विनाअनुमति प्रहरीको प्रवेश र पत्रकार धरपकड सरकार…
समाचार कक्षमै प्रहरी : प्रेस स्वतन्त्रतामाथि प्रहार
पत्रकार महासंघ, दलहरूदेखि नागरिक समाजको विरोध, सरकारको नियतमाथि प्रश्न
बालेन शाहकालमा ज्ञानेन्द्र शाहकालकै झल्को !
काठमाडाैं- तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा सञ्चारगृहमै शाही सेना खटाएर समाचारहरू सेन्सर गरिएका थिए । अहिले बालेन शा…
प्रधानमन्त्री कार्यालयबाट भएको चासोप्रति क्रियाशील हुँदै सञ्चारकर्मीलाई बोलाइएको हो : प्रहरी
काठमाडौं । सञ्चार क्षेत्रमा शुक्रबार भएको धरपकडको घटनामा प्रधानमन्त्रीको सचिवालय र नेपाल प्रहरीको वक्तव्य बाझिएको छ । प्रधानमन्त्रीक…