दक्षिण अफ्रिकाको एक मधुशालामा गोली चल्दा १४ जनाको मृत्यु

आइतबार, २६ असार, २०७९
डिजिटल संस्करण

दक्षिण अफ्रिकाको एउटा मधुशालामा गोली चल्दा १४ जनाको मृत्यु भएको छ। स्थानीय सोबेटो नगरस्थित उक्त मधुशालामा भएको बन्दुक हमलामा अन्य ११ जना घाइते भएका छन्।

शनिबार राति र आइतबार बिहान भएको गोलाबारीमा घाइते भएका ११ जनाको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरी सुरक्षाकर्मी घटनास्थल पुग्दा १२ जना मारिएका र अन्य दुईजनाको उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रमुख इलियास मावेलाले बताए। राजधानीको दक्षिणपूर्वमा पर्ने सोबेटो जोहनेसबर्गको सबैभन्दा ठूलो सहरी क्षेत्र हो। रासस/एएफपी

सुझावित समाचार