बिहीबार बिहानसम्म यातायात व्यवस्था विभागको सर्भर बन्द रहने

बुधबार, ९ चैत, २०७८
डिजिटल संस्करण

यातायात व्यवस्था विभागले बुधबार बेलुकी ५ बजेदेखि बिहीबार बिहानसम्मका लागि विभागको सर्भर डाउन हुने जनाएको छ। सर्भरको युपिएस चेन्ज गर्न केही समय अनलाइन सेवा बन्द हुने यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए। 

उनका अनुसार बुधबार रातभरिमा सर्भर मर्मत हुनेछ। बिहीबार बिहानदेखि अनलाइन सेवा सुचारु हुनेछ। ‘आज एक दिन मात्रै साँझ ५ बजेदेखि अनलाइन सेवा बन्द हो, रातभरिमा सर्भर मर्मत भइहाल्छ,’ उनले भने।
 

See More On

सुझावित समाचार