‘रुसको आक्रमणपछि १० लाख शरणार्थीले युक्रेन छाडे’

बिहिबार, १९ फागुन, २०७८
डिजिटल संस्करण

युक्रेनमा रुसको सैन्य कारबाही सुरु भएदेखि सात दिनमा करिब १० लाख शरणार्थीले युक्रेन छोडेको संयुक्त राष्ट्र शरणार्थी एजेन्सी युएनएचसिआरले जनाएको छ। आफ्नो ट्विटर ह्यान्डलमा युएनएचसिआर उच्चायुक्त फिलिपो ग्रान्डीले लेखेका छन्, ‘केवल सात दिनमा हामीले युक्रेनबाट छिमेकी देशहरूमा १० लाख शरणार्थीहरू पलायन भएको देख्यौँ ।’

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको डोनवास क्षेत्रमा सैन्य कारबाही गर्न आदेश दिएको आठ दिन बितिसकेको छ। उनले युक्रेनका टुक्रिएका क्षेत्रहरू डोनेटस्क र लुहान्स्कको स्वतन्त्रतालाई मान्यता दिएपछि तनाब युद्धमा परिणत भएको छ।

यसैबीच, संयुक्त राष्ट्र संघको महासभामा बुधबार भएको मतदानमा एक सय ४१ राष्ट्रले युक्रेनमा रुसको आक्रमणको निन्दा गरेका छन् भने पाँच राष्ट्रले समर्थन गरेका छन्। रासस/एएनआई

सुझावित समाचार